समस्याग्रस्त पाँच सहकारीका ऋणीलाई भदौ मसान्तसम्म ऋण तिर्न ताकेता

काठमाडौं । बागमती प्रदेश सरकारअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच सहकारी संस्थाका ऋणीहरूलाई भदौ ३१ गतेसम्म ऋण चुक्ता गर्न ताकेता गरेको छ।

समितिले बिहीबार सार्वजनिक सूचना जारी गर्दै ताकेता गरेको हो । सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका सबै ऋणीहरूलाई तोकिएको समयसीमा भित्र ऋण भुक्तानी गर्न सूचनामा अनुरोध गरिएको छ ।

सूचनामा उल्लेख भएअनुसार ती सहकारी संस्थाहरू समस्याग्रस्त घोषणा हुनुअघि लिएको ऋण भुक्तानी गर्नुपर्नेछ। त्यस्तै भदौ मसान्तसम्म ऋण नतिरेमा साँवा, ब्याज र हर्जानासहित असुल गर्ने तथा कानुनी कारबाही अघि बढाउने चेतावनीसमेत दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here