काठमाडौं । ललितपुरको बालकुमारीमा शनिबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१९ बालकुमारीस्थित सडकमा ग्वार्कोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा ४ ख २४७७ नम्बर को मिनी ट्रकको ठक्करबाट शनिबार दिउँसो पैदलयात्री अन्दाजी २३ वर्षीया महिलाको शनिबार मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनकाे बिएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे।























