काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
बिहान काठमाडौं उपत्यकासहित देशका कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मै हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सुक्खा र खडेरीको मारमा परिरहेको मधेश प्रदेशका जिल्लामा हल्का मात्र बर्ष भएको छ । पछिल्लो १२ घण्टामा सप्तरी जिल्लाको रुपनी वर्षा मापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ । सिरहामा, सर्लाही, बारा र रौतहट जिल्लामा भने हल्का मात्र वर्षा भएको छ ।
गत १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नुर्पु गाउँमा भएको छ । त्यहाँ १२३४ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सोमबार गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भाग एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राति देशभर गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।























