बर्षाले मधेशमा देला त राहत ?

१२ साउन, काठमाडौं । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले नेपालका अधिकांश स्थानमा वर्षा गराइरहेको मौसमविदले बताएका छन् ।

पछिल्लो १२ घण्टामा कोशीदेखि सुदूरपश्चिमसम्मै वर्षा भएको छ । तुलनात्मक रुपमा मधेश र सुदूरपश्चिम प्रदेशमा भने कम वर्षा भएको छ ।

सुक्खा र खडेरीको मारमा परिरहेको मधेश प्रदेशका जिल्लामा अझै पनि पर्याप्त पानी परेको छैन । जल तथा मौसम विज्ञान विभागको विवरण अनुसार पछिल्लो १२ घण्टामा सप्तरी जिल्लाको रुपनी वर्षा मापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ । सिरहामा, सर्लाही, बारा र रौतहट जिल्लामा भने हल्का मात्र वर्षा भएको छ ।

आगामी दिनमा मधेश प्रदेशमा वर्षाको मात्रा बढेर मध्यमसम्म पुग्नसक्ने पूर्वानुमान छ । तर धान रोप्नका लागि पनि त्यो पर्याप्त नहुने अनुमान छ ।

गत १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नुर्पु गाउँमा भएको छ । त्यहाँ १२३.४ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here