काठमाडौं । पैदल हिँड्दै गरेकी महिलाको गलाको सिक्री थुतेको आरोपमा एक जना पक्राउ परेका छन् ।
धादिङको ज्वालामुखी गाउँपालिका–४ घर भइ कलंकी बस्दै आएका ३१ वर्षीय दीपेश लम्साल पक्राउ परेका हुन् ।
९ साउनको दिउँसो ४ बजेतिर काठमाडौं महानगरपालिका–१४ लामपाटीस्थित सडकमा हिँड्दै गरेकी ७३ वर्षीया रुकमिणी रायमाझीको गलाको सिक्री थुतेर फरार भएका थिए ।
उनलाई सोही दिन दिउँसो साढे ५ बजेतिर प्रहरी वृत्त कालिमाटीको टोलीले उनलाई कलंकीबाट पक्राउ गरेको हो ।




















