ओरालो लाग्यो नेप्से, २९६२ अंकमा झरेर बन्द

काठमाडौं । सोमबार सेयर बजार २ दशमलव ७ अंक घटेको छ । नेप्से परिसूचक २९६२ अंकमा कायम भएको छ । आइतबार पनि बजार १८ दशमलव ४४ अंक घटेको थियो ।

आज कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिन २६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १९ अर्ब ३६ करोडको भएको छ । आज विकास बैंक र व्यापार समूह ३ प्रतिशतभन्दा धेरै बढेका छन् । व्यापार ३.२४ र विकास बैंक समूह ३.०४ प्रतिशत बढेका छन्। त्यस्तै फाइनान्स २.७५, उत्पादन तथा प्रशोधन १.७१ प्रतिशत बढे ।

बैंकिङ ०.८९, होटल तथा पर्यटन ०.२८, हाइड्रोपावर ०।५०, लगानी ०.१०, जीवन बीमा ०.६६, माइक्रोफाइनान्स ०.३३, निर्जीवन बीमा ०.७२ तथा अन्य ०.७६ प्रतिशत घटेका छन्।

आज दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा समता घरेलु लघुवित्त र सान्भी इनर्जी छन् । सूचीकृत भएपछि लगातार १० प्रतिशतका दरले मूल्य बढ्दै गएको सान्भी प्रतिकित्ता ६९८.६२ रुपैयाँ मूल्यमा पुगेको छ । त्यस्तै ट्रेड टावरको मूल्य ९.५३ प्रतिशत बढेर ७८०.९४ रुपैयाँ पुगेको छ ।