सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना बेपत्ता, खोजी कार्य जारी

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । गोलन्जोर गाउँपालिका ६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार ४ दिनदेखि हराएको हो । उनीहरुले बेपत्ता हुनुअघि घरमै सुँगुर काटेर खाएको पाइएको छ ।

उर्मिला हायुको १६ जनाको परिवार बेपत्ता भएकाले खोजी जारी छ । सोमबार बिहानदेखि स्थानीय बासिन्दा, स्थानीय प्रशासन पालिका तथा वडा र प्रहरीले खोजी सुरु गरेका छन् ।

बेपत्ता हुनेमा उर्मिला हायुसहित उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नातिनी र १ जना ज्वाइँ रहेको प्रहरले जनाएको छ । बेपत्ता हुनेमा उर्मिलासहित उनका छोराहरू राजु हायु, हिमाल हायु, लालबहादुर हायु, डेगबहादुर हायु, सुवर्ण हायु, लक्ष्मण हायु छन् । यसैगरी छोरीहरू कमला हायु, सुधा हायु, सुजता हायु, उषा हायु, अस्मिता हायु र कोमला हायु छन् । बुहारी, नातिनी र ज्वाइँको भने नाम खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here