काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको भाउ आज बढेर प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँ पुगेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । बुधबार चाँदी प्रतितोला २ हजार ३ सय १० रुपैयाँ पुगेको हो । । यसअघि मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।





















