ल्हेन्दे खोलामा बाढी,रसुवा, नुवाकाेट र धादिङमा अलर्ट

काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट बगेर आउने ल्हेन्दे खोलामा फेरि पनि ठूलो बाढी आएको छ । सो बाढीले रसुवा, नुवाकोट हुँदै बग्ने भोटेकोशी र त्रिशुली नदी किनारको क्षेत्र डुबानमा परेको छ ।

त्यस्तै नुवाकोट र रसुवाको सिमानामा पर्ने उत्तरगया धाम डुबानमा परेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । रसुवामा र चीनको तिब्बत क्षेत्रमा मंगलबार वर्षा भएको थियो ।

त्यस क्षेत्रमा सूचना संकलन गर्न र आवश्यक परे उद्धार गर्नका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । यसअघि असार २५ गते पनि ल्हेन्दे खोलामा बाढी आउँदामा जनधनको ठूलो क्षति पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here