३ हजारबाट झर्यो परिसुचक, कारोबारमा पनि गिरावट

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से फेरि ३ हजार मुनि झरेको छ । अघिल्लो दिन ३००२ अंकमा पुगेको बजार आज ४७ दशमलव ९३ अंक घटेर २९५४ मा झरेको छ । आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही घटेको छ । अघिल्लो दिन १८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज १६ अर्ब ४४ करोडको भएको हो।

आज २३ कम्पनीको मूल्य बढ्दा २२६ को घटेको छ। अन्यबाहेक सबै समूहका सूचक घटेका छन् । अन्य समूह ० दशमलव ८५ प्रतिशत बढेको हो।

बुधबार बैंकिङ १ दशमलव ५५, विकास बैंक ३ दशमलव २७, फाइनान्स २ दशमलव ७०, होटल तथा पर्यटन २ दशमलव १०, हाइड्रोपावर १ दशमलव ६३, लगानी १ दशमलव ६५, जीवन बीमा १ दशमलव ७६, उत्पादन तथा प्रशोधन १ दशमलव ३२, माइक्रोफाइनान्स ३ दशमलव २८, निर्जीवन बीमा १ दशमलव ५४ तथा व्यापार १ दशमलव७२ प्रतिशत घटेका छन्।

आज दुई कम्पनी सान्भी इनर्जी र ट्रेड टावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै समता घरेलु लघुवित्तको ६ दशमलव ७४, सिक्लेस हाइड्रोपावरको ५ दशमलव १६ तथा भूगोल इनर्जीको ३ दशमलव ८२ प्रतिशत मूल्य बढेको छ ।

ग्रिन डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, ग्रिन भेन्चर्स र नेपाल पुनर्बीमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here