२९२२ अंकमा झर्‍यो सेयर बजार, कारोबारमा पनि कमी

काठमाडौं । बुधबार करिब ४८ अंक घटेको सेयर बजार बिहीबार ३१ दशमलव ५० अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २९२२ अंकमा कायम भएको छ ।

बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन १६ अर्ब ४४ करोडको कारोबार भएकोमा आज १५ अर्ब ९८ करोडको कारोबार भएको हो । आजद ५२ कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो ।

बिहीबार फाइनान्स बाहेक सबै समूहका सूचक घटेका छन् । यता फाइनान्स समुह भने १ दशमलव १८ प्रतिशत बढेको हो। व्यापार सबैभन्दा धेरै २ दशमलव ४४ प्रतिशत घट्यो । बैंकिङ १ दशमलव ४४, विकास बैंक ० दशमलव४७, होटल तथा पर्यटन ० दशमलव ९९, हाइड्रोपावर १ दशमलव१५, लगानी १ दशमलव ३२, जीवन बीमा १ दशमलव२९, उत्पादन तथा प्रशोधन १ दशमलव १४, माइक्रोफाइनान्स ० दशमलव५०, निर्जीवन बीमा ० दशमलव७० तथा अन्य ० दशमलव३० प्रतिशत घटेका छन् ।

आज ट्रेड टावर, नेपाल फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत बढेका छन् । ग्रिन डेभलपमेन्ट बैंकको ९ दशमलव९, सप्तकोशी विकास बैंकको ९ दशमलव ८६, सिन्धु विकास बैंकको ६ दशमलव ७४, सान्भी इनर्जीको ५ दशमलव३९ प्रतिशत मूल्य बढेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here