‘सबै नेपालीले खुसीका साथ खीर खाने वातावरण निर्माण गर्नुपर्ने’:प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।

नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा आज आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले तराई मधेशमा यस वर्ष सुक्खा लागेकोले राम्रो खेती हुन नसकेको अवस्थामा सिँचाइको उचित प्रबन्ध गर्न सरकार लागिपरेको जानकारी गराए । सुनकोशी मरिन डाइभर्सन, रानी जमरा कुलरिया, तमोरलगायत आयोजना छिटो सक्न पनि निर्देशन दिएको जानकारी पनि उनले सो क्रममा गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here