काठमाडौं। गुण्डा नाइके चक्रे मिलन भनिने मिलन गुरुङ पक्राउ परेका छन् ।
बाँसबारी रोडमा रहेको होटल साम्बालामा पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति महाराजगञ्ज पक्राउ गरेको हो ।
उनी विगतमा गुण्डा नाइकेका रुपमा चिनिएकाथिए । पछिल्लाे समय उनका आपराधिक गतिविधिमा संलग्नता देखिएकाे छैन ।
चक्रे मिलनका समर्थकहरुले दुई दिनअघिबाटै जन्मदिन पार्टी मनाइरहेका थिए । अपराह्न उनको समूहले चक्रे मिलनलाई गाडीहरुको लावालस्करसहित महाराजगञ्जसम्म स्कर्टिङ गरेको थियो । यसको सूचना काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालय दुवैलाई पुगेको थियो ।






















