काठमाडौं । गृह मन्त्रालयले २३ जना कर्मचारीलाई २४ घण्टाभित्र सरूवा गरेको ठाउँमा हाजिर हुन निर्देशन जारी गरेको छ।
शुक्रबार मन्त्रालयले २३ जनाको सूची सार्वजनिक गर्दै २४ घण्टाभित्र सरूवा गरेको स्थानमा हाजिर हुन जान भनिएको हो। सूचनामा मन्त्रालयको विभिन्न मितिको निर्णयानुसार सरूवा/पदस्थापन भई सम्बन्धित कार्यालयमा हाजिर हुन नगएका कर्मचारीहरूलाई २४ घण्टा भित्र खटाइएको स्थानमा हाजिर हुन जान भनिएकाे छ।
गृह मन्त्रालयमाकार्यरत १८ जना शाखा अधिकृत र बाँकी पाँच जना नायब सुब्बा छन्।
उनीहरूलाई अध्यागमन कार्यालय, जिल्ला प्रशासन, इलाका प्रशासन र कारागार प्रशासनमा पठाइएको हाे।






















