सवारी लाइसेन्सको अवधि अब १० वर्ष कायम

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि १० वर्ष कायम गरिएको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको हाे । जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको हो ।

संशोधित व्यवस्था अनुसार यस्तो अवधि अब १० वर्ष बहाल हुने भएको छ । लाइसेन्स नवीकरणबाट मान्य हुने अवधि यसअघि ५ वर्ष भएकोमा अब १० वर्ष पुर्‍याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here