यसरी बनाउनुहोस् केटाकेटीदेखि बूढाबूढीसम्मले रुचाउने सेलरोटी (तरिका सहित)

काठमाडौं । चामलको पीठोबाट बनाइने सेलरोटी नेपाली खानाका विशेष परिकारको रुपमा लिइन्छ ।

हाम्रो पृथक इतिहास पनि बोकेको सेलरोटी विशेषगरी नेपाली समाजमा कहिलेवाट बनाउने चलन सुरु भयो भन्ने यकिन भने छैन । स्वस्थानी व्रतकथा, पुराणमा समेत सेलरोटीका बारेमा उल्लेख गरिएको छ ।

दशैं, तिहार, तीज, ब्रतबन्धसँगै अन्य विशेष चाड, पूजाआज लगायत धार्मिक विशेष सभा–समारोह सेलरोटी बिना पूरा हुदैन थिए । आज भन्दा हिजोको नेपाली समाजको पहिचान समेत बोकेका सेलरोटी हाम्रो समाजबाट ओझेल पर्न थालेको हो कि भन्ने महसुस हुन्छ ।

सेलरोटी पकाउन दावनसहित मुछेको पिठो तातेको तेलमा गोलाकार पर्ने गरी हालेपछि त्यसलाई सही आकारमा ल्याउन, फर्काउन र तेल तारेर झिक्न फलाम वा बाँसबाट बनेको झिर वा सुइरो, जसलाई सिल भन्ने गरिन्छ, त्यसबाट सेलरोटी नाम रहेको भन्ने किंवदन्ती पनि छ ।

सेलरोटी बनाउने तरिका

स्वास्थ्यका हिसाबले पनि सेलरोटी र अनरसा निक्कै नै फाइदाजनक छन् । सेलरोटीका लागि चामलको पीठोलाइ पानी या दुधले गिलो बनाएर स्वादअनुसार चिनी राखेर पानीमा भिजाएर (स्वादका लागि दूध पनि प्रयोग गर्न सकिन्छ) ।

सामग्री: चामलको पिठो (१ किलो), चिनी (२०० ग्राम), घ्यु वा तेल (१ लिटर) तार्नको लागी, पानी (आवश्यकता अनुसार)

तेल : भटमासको प्रशोधित तेल सेलरोटी पकाउन प्रयोग गरिन्छ । अन्य तेल पनि प्रयोग गर्न सकिन्छ । पूजामा र नैवेद्यको रूपमा प्रयोग गर्न सेलरोटी घ्यूमा पकाइन्छ ।

सेल कसरी पकाईन्छ?
– सेलको लागि पनि घ्यु वा तेल कराईमा बसाल्ने,
– गोलो आकार आउने गरी सोलीले सेल कराईमा उतार्ने,
– एक तर्फ़ पाकेर खैरो बनिसके पछि, अर्को तर्फ़ पल्टाउने,
– सेल रोटी दुबै तर्फ़ पाकेपछि झिरको साहयताले बाहिर निकाल्ने,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here