काठमाडौं । वर्षाका कारण पहिरो खसेपछि पूर्वी नवलपरासीको दाउन्नेमा सडक अवरुद्ध भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका-२ विश्वकर्मा मन्दिर नजिकै पहिरो खसेकाे हाे।
यसअघि बिहान हिलो, चिप्लो र खाल्डोका कारण एकतर्फी मात्र सञ्चालन थियाे। अहिले पहिरो खसेपछि दुईतर्फी नै बन्द भएको छ।
पानी पर्न रोकिएपछि पहिरो हटाउने काम हुने छ।























