घट्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार

प्रतिकात्मक तस्विर

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा झरेको हो । मंगलबार सुन प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

यता चाँदीको मूल्यमा भने बढेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँको वृद्धि देखिएको छ ।

यसअघि मंगलबार प्रतितोला २२ सय ८० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढेर प्रतितोला २३ सय ५ रुपैयाँ कायम भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here