जाडो मौसममा यसरी राखौं बच्चाको ख्याल

काठमाडौं । जाडो मौसम सुरु भएसँगै चिसोका कारण शरीरमा विभिन्न खाले समस्या आउँछन् ।

जाडोका बेला देखिने समस्याहरुमा सामान्य रुघाखोकीदेखि ज्वरोसम्म पर्दछन् । कसैलाई चिसोको एलर्जी हुन्छ ।

जाडो मौसममा प्राय बच्चाहरुको पेटदुख्ने समस्या धेरै नै हुन्छ । चिसो मौसममा बच्चाको उमेरअनुसार ध्यान दिनुपर्ने हुन्छ । नवजात शिशु छन् भने विशेष ध्यान दिनुपर्छ ।

जति बच्चा ठूलो हुँदै जान्छन्, गर्नुपर्ने स्याहार त्यति कम हुँदै जान्छ । बढी जिम्मेवारी अनि रिस्क साना बच्चालाई हुन्छ । बढी कपडा ओाढाइदिँदा निसासिने डर पनि उत्तिकै हुन्छ ।

चिसो मौसम सुरु भएपछि बिरामी अस्पतालमा आइरहन्छन् । यतिबेला बच्चालाई खास ख्याल गरिएन भने उनीहरुलाई रुँघा, ज्वरोले सताउने भय रहन्छ । यस क्रममा पनि हेलचेक्रयाई गरियो भने निमोनिया हुनसक्छ ।

निमोनिया मृत्युको कारण समेत बन्न सक्छ । कोठामा हावा टाइट हुन्छ । झ्याल, ढोका बन्द हुन्छ, हावा छिर्ने ठाउँ हुँदैन । कोइला, ब्रिकेट बाल्दा कार्बन मोनोअक्साइड उत्पादन हुन्छ । त्यसले हेमोग्लोबिनमा असर गरेर अक्सिजन लिन सक्दैन र ज्यानै जानेसम्मको खतरा हुन्छ ।

यस मौसममा बच्चाहरुको पाचक प्रकृयामा धेरै प्रकारका समस्याहरु देखा पर्ने गर्छ । यो मौसममा बच्चाहरुको लागि सुख्खा र घरबाहिरका खानेकुराहरु त्यति धेरै स्वस्थवद्र्धक मानिदैन् ।

त्यसकारण यस्तो मौसममा बच्चाहरुको स्वास्थ्यको विषेश रुपमा ध्यान दिनुपर्छ ।
यी खानेकुरा बच्चाको स्वास्थ्यको लागि राम्रो
– पेटसम्बन्धी समस्यामा हुदाँ धेरै मात्रामा पाचन प्रकृयामा हुने कारण यस्तो मौसममा केरा दिनु अत्यन्त राम्रो हुन्छ ।
-पेटसम्बन्धी समस्यामा स्याउ पनि बच्चाहरुको स्वास्थ्यको लागि राम्रो मानिन्छ । स्याउ आइरन र फाइबरले भरपुर हुने कारण राम्रोसंग पच्ने गर्छ ।
-धेरै मात्रामा तेल र मसला प्रयो नगरिएको मुगको दाल बच्चाको स्वास्थ्यको लागि राम्रो मानिन्छ । यसमा भरपुर मात्रामा पौष्टिक तत्व पाईन्छ ।
– नरिवल पानी पनि स्वास्थ्यको लागि राम्रो मानिन्छ ।
-यदि बच्चा एक साल भन्दा बढि उमेरको छ भने उसलाई मौसम अनुसार तातो फल र तरकारी खुवाउनु पर्छ । साथै ताजा जुस पनि दिन सक्नु हुन्छ ।

-बच्चालाई समय–समयमा सर्दी–रुघाखोकी लाग्ने हुँदा स्टीमरको मद्दतले वाफ दिनु पर्छ ।

-बच्चालाई सुताउने समय उनको अनुहार कहिल्यै पनि छोप्नु हुँदैन । यसो गर्नाले बच्चालाई श्वास फेर्न गाह्रो हुन सक्छ ।

-जाडो मौसममा बच्चालाई डायपर लगाएर राख्नु पर्छ र थोरै थोरै समयमा बदल्नु पर्छ । यसरी पनि बच्चालाई सर्दीबाट जोगाउन सकिन्छ ।
(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here