सुनकाे भाउ २ लाख नजिक

प्रतिकात्मक तस्विर

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम भएको हो । बिहीबार सुन प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको थियाे।

आज एकैदिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।

यस्तै आज चाँदीको भाउमा पनि बढेकाे छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढ्दै २३ सय २५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला २३ सय १५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here