रास्वपाको दुई विभागमा प्रमुख, एक उपप्रमुख नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दुई विभागमा प्रमुख चयन गरेको छ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको रिक्त रहेको केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा काठमाडौंका श्यामबाबु गौतमलाई नियुक्त गरेको हो। त्यस्तै केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभागको प्रमुखमा नवलपुरका गोकुल सापकोटालाई चयन गरेको छ।

श्रम तथा उपभोक्ता हित विभागको उपप्रमुखमा ललित श्रेष्ठ नियुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here