२८२२ अंकमा झर्‍यो सेयर बजार, कारोबारमा भने वृद्धि

२६ साउन, काठमाडौं । सोमबार सेयर बजार २७.९० अंक घटेको छ । सो गिरावटपछि नेप्से २८२२ अंकमा कायम भएको छ ।

बजार घटेपनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ८ अर्ब ५३ करोडको कारोबार भएकोमा आज १० अर्ब २१ करोडको भएकाे हाे। ३० कम्पनीको मूल्य बढ्दा २२० को घट्यो । अधिकांश समूहका सूचक घटे । त्यसमा पनि माइक्रोफाइनान्स र विकास बैंक समूह सबैभन्दा धेरै घटेका छन्। माइक्रोफाइनान्स २.३५ तथा विकास बैंक २.३१ प्रतिशत घटेका हुन्।

बैंकिङ ०.४१, फाइनान्स १.२७, होटल तथा पर्यटन ०.७६, हाइड्रोपावर १.४१, लगानी १.१७, जीवन बीमा ०.८०, उत्पादन तथा प्रशोधन ०.७५, निर्जीवन बीमा १.२४ तथा व्यापार समूह १.४४ प्रतिशत घटेका छन्। यता अन्य समूह ०.३१ प्रतिशत बढेका छन्।

आज रिभर फल्स पावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । पन्चकन्या माइ हाइड्रोपावरको ६.८७ तथा बुद्धभूमि हाइड्रोपावरको ३.४७ प्रतिशत मूल्य बढ्यो । यता उन्नति सहकार्य लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.६४ प्रतिशत घट्यो । लिबर्टी इनर्जीको ७.०६, ट्रेड टावरको ६.९९, सीवाईसी लघुवित्तको ५.७४ तथा विन नेपाल लघुवित्तको ५.७२ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, साहस ऊर्जा तथा बुटवल पावर क्रमशः अगाडि रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here