त्रिविले गर्याे सरकारसँग सुरक्षाकाे माग

२७ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सुरक्षा माग गरेको छ । विद्यार्थी संगठनको तोडफोड र धम्कीका कारण असुरक्षित भएको भन्दै त्रिविले सुरक्षाका लागि सरकार गुहारेको हो ।

त्रिविले सुरक्षित वातावरणमा हिँड्न र कार्यालयमा बसेर काम गर्न सुरक्षाको प्रबन्ध गर्न सरकारलाई भनेको छ । त्रिविले जिल्ला प्रशासन कार्यालयमा र गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्तलाई पनि सुरक्षाको प्रबन्ध मिलाइदिन भन्दै पत्र पठाएको हाे।

सोमबार अखिल क्रान्तिकारीले शुल्क घटाउनु पर्ने भन्दै रजिस्ट्रार कार्यालय र रेक्टर कार्यालय तोडफोड गरेको थियो । सो क्रममा प्रहरीसँग झडप हुँदा केही विद्यार्थीहरु घाइते भएका थिए । अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य, लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमलाई ९ महिना अघि केन्द्रीय विभागमा गाभिएकोमा गाभिएका कार्यक्रमको शुल्क घटाउनु पर्ने माग राखेर अखिल क्रान्तिकारीले २० दिनदेखि उपकुलपति अर्यालको कार्यकक्ष अगाडि ढोकामा धर्ना दिइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here