सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ। कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से आज अन्तिम समयमा दोहोरो अंकसहित घटेको हो ।

आज कुल ३ सय २३ कम्पनीका १ करोड ७६ लाख ७१ हजार बढी कित्ता सेयर किनबेच भएको छ। जसबाट रकम ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

कारोबारमा आएकामध्ये २ सय २५ कम्पनीको सेयरमूल्य घटको छ भने २४ कम्पनीको सेयरमूल्य उकालो लागेको छ। आज होटल तथा पर्यटनबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । होटल तथा पर्यटन समूह १.३२ प्रतिशत बढ्यो । बैंकिङ ०.९४, विकास बैंक ०.७६, फाइनान्स १.५३, हाइड्रोपावर १.२६, लगानी ०.६६, जीवन बीमा १.०६, उत्पादन तथा प्रशोधन १.००, माइक्रोफाइनान्स १.४९, निर्जीवन बीमा ०.८१, अन्य ०.६२ र व्यापार ०.८६ प्रतिशत घटेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here