२८ साउन, काठमाडौं । बुधबार सेयर बजार १०.५० अंक घटेको छ ।
सो गिरावटपछि नेप्से परिसूचक २७८५ अंकमा कायम भएको छ ।
आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ६ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ६ अर्ब १६ करोडको भएकाे हाे। ८९ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने एउटाको स्थिर रहेकाे छ।
आज व्यापार सबैभन्दा धेरै १.५० प्रतिशत घटेकाे छ। बैंकिङ ०.६९, होटल तथा पर्यटन ०.५४, हाइड्रोपावर ०.३०, लगानी ०.०२, जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन ०.१०, माइक्रोफाइनान्स ०.२२ तथा निर्जीवन बीमा ०.२७ प्रतिशत घटेकाे छ।
विकास बैंक समूह ०.३५, फाइनान्स ०.०४ र अन्य ०.०३ प्रतिशतले बढेकाे छ। मायाखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ५.७४ प्रतिशत बढेकाे छ । त्यस्तै नेपाल रिपब्लिक मिडियाको ३.६६, सप्तकोशी विकास बैंकको ३.३३, समाज लघुवित्तको ३.३१ प्रतिशत मूल्य बढेकाे छ।
सिक्लेस हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.२२ प्रतिशत घटेकाे छ।बलेफी हाइड्रोपावरको ३.४५ तथा उपकार लघुवित्तको २.८२ प्रतिशत घटेकाे छ।























