२९ साउन, काठमाडौं । बिहीबार सेयर बजार २.६२ अंक बढेको छ ।
तीन कारोबार लगातार घटेको सेयर बजार आज सामान्य बढ्दा नेप्से परिसूचक २७८८ अंकमा कायम भएकाे छ ।
बजारको अंकसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब १६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भएकाे हाे । बिहिवार १०८ कम्पनीको मूल्य बढ्दा १४१ को घटेकाे छ।
बैंकिङ ०.५५, फाइनान्स ०.५३, होटल तथा पर्यटन ०.१०, हाइड्रोपावर ०.२०, जीवन बीमा ०.०५, माइक्रोफाइनान्स ०.१२ र निर्जीवन बीमा ०.२२ प्रतिशत घटेका छन्। यता विकास बैंक ०.१६, लगानी ०.१७, उत्पादन तथा प्रशोधन ०.५७, अन्य १.८० र व्यापार ०.९७ प्रतिशत बढेका छन्।
बिहिबार नेपाल रिपब्लिक मिडियाको मूल्य १० प्रतिशत बढेकाे छ। त्यस्तै पञ्चकन्या माइ हाइड्रोपावरको ५.५६, राधि विद्युतको ४.४३ तथा अपर स्याङ्गे हाइड्रोपावरको ४.२२ प्रतिशत मूल्य बढ्यो ।
नेपाल बैंकको मूल्य सबैभन्दा धेरै ५.९१ प्रतिशत घट्यो । सिटी होटलको ३.१६ तथा नेपाल एसबीआई बैंकको २.८० प्रतिशत घट्यो ।

























