नेपाल संवत् ११४० शुरु, नेवार समुदायले आज पनि भाईटीका लगाउदैँ

REU NEPAL/

काठमाडौं १३, कात्तिक । नेपाल संवत ११४० मंगलबार देखि शुरु भएको छ । यो सँगै नेवार समुदायको नयाँ वर्ष सुरु भएको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने थालिएको हो ।

कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको शुरुआत गर्ने परम्परासमेत काठमाडौँमा अझै छ । नेपाल संवत् ११४० का अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नेवार समुदायका गुठी, खलः, पुचः तथा सांस्कृतिक तथा साहित्यिक संघसंस्थाले भव्य रुपमा मनाएका छन् ।

विभिन्न वेशभूषा, झाँकी र सांस्कृतिक पहिचान झल्कने गरी विभिन्न टोल टोलबाट निकालिएको रÞ्याली नगरपरिक्रमापछि वसन्तपुरमा आएर मुख्य समारोहमा समाहित भएको थियो ।

यो वर्ष तिथि–मिति घटबढ भएकाले आज (कात्तिक १३ गते) नेवार समुदायले भाइटीका मनाउदै छन् । सोही कारण सरकारले पनि सार्वजनिक विदा दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here