कश्मिरमा बादल फाट्दा १२ जनाको मृत्यु

काठमाडौं । भारतको जम्मू कश्मिरमा बादल फाटेर आरीघोप्टे वर्षा (क्लाउडबर्स्ट) हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ ।

जम्मू कश्मिरको किश्तवाडको चाशोटीमा बादल फाटेर आरीघोप्टे वर्षा भएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बादल फाट्ने घटना किश्तवाडको हिमालय क्षेत्रमा तिर्थालुहरू माता चण्डीको मन्दिरतर्फ जाने मार्गको प्रस्थानविन्दुमा भएको हो । घटनाबारे पूरा विवरण आउन बाँकि छ।

संघीयमन्त्री जितेन्द्र सिंहले बादल फाट्ने घटनाले ठूलो क्षति गराउन सक्ने चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here