बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त पाँच मन्त्रीले शपथ लिएका छन्न्द्र।मुख्यमन्त्री इन्द्रबहादुर बहादुर बानियाँले शुक्रबार ५ जना मन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन्।

मुख्यमन्त्री बानियाँले कांग्रेसबाट युवा तथा खेलकुद मन्त्रीमा उर्मिला केसी नेपाल, सामाजिक विकास मन्त्रीमा कञ्चनचन्द्र बादे, आर्थिक मामिला मन्त्रीमा प्रभात तामाङ, सहकारी तथा गरिबी निवारण मन्त्रीमा विनु रायमाझी र संस्कृति मन्त्रीमा सुरेश श्रेष्ठलाई नियुक्त गरेका हुन्।

यसअघि कांग्रेसबाट आन्तरिक मामिला मन्त्रीमा शिवराज अधिकारी र खानेपानी मन्त्रीमा कृष्ण तामाङ नियुक्त भएका थिए। बागमतीमा कांग्रेसबाट मुख्यमन्त्रीसहित ८ र एमालेबाट ६ जना मन्त्री छन्। बागमतीमा मुख्यमन्त्रीसहित १४ मन्त्रालय छ।