३० साउन, काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनबाट ३५ जना नेपाली अस्पतालमा भर्ना भएको छन् भने केहि नेपालीको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा भर्ना भएकामध्ये केहीको अवस्था गम्भीर रहेको र केही अवस्था सामान्य रहेको जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त हुन साथ विभिन्न अस्पतालमा पुगेर नेपाली बिरामीहरूको अवस्थाबारे जानकारी लिने काम भएको विज्ञप्तिमा उल्लेख छ । दूतावासले अस्पताल र कुवेतको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग निरन्तर सम्पर्क गरी अस्पतालमा उपचाररत बिरामीहरूको उपचारको व्यवस्था मिलाउन निरन्तर समन्वय गर्ने काम भइरहेको दूतावासले जनाएको छ ।
साथै दूतावासले स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थ सेवनबाट टाढा रहन समेत अनुरोध गरेको छ ।


























