१ भदौ, काठमाडौं । आज बिहानैबाट अवरुद्ध मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुलेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहान ४ बजेतिर मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगा सहितको पहिरो गएको थियो । यसले आवागमन दुईतर्फि नै अवरुद्ध भएको थियो ।
डिभिजनबाट खटिएको २ वटा यान्त्रिक उपकरणले पहिरो हटाई बिहान ८ः१० बजे सवारी आवागमन दुवैतर्फ सुचारू भैसकेको छ । वर्षायामको समयमा यस क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर, हेरेर मात्रै सुरक्षित यात्रा गर्न कार्यालयले अनुरोध समेत गरेको छ ।






















