१ भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । आज नेप्से परिसूचक २७.१४ अंक घटेको हाे ।
सो गिरावटसँगै २७६१ अंकमा कायम भएको छ । बजार घटेपनि आज कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ७३ करोडको भएकाे छ । ५८ कम्पनीको मूल्य बढ्दा १९१ को घटेको छ ।
कम्पनी सूचीकृत सबै समूहका सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै १.६४ प्रतिशत घटेकाेन्य छ। त्यस्तै अन्य १.३४, निर्जीवन बीमा ०.६८, माइक्रोफाइनान्स १.३१, उत्पादन तथा प्रशोधन १.००, जीवन बीमा ०.७१, लगानी ०.८३, हाइड्रोपावर ०.७७, होटल तथा पर्यटन ०.२१, फाइनान्स ०.९३, विकास बैंक ०.५१ तथा बैंकिङ १.०३ प्रतिशत घटेका छन्।























