९ अंकले बढ्याे नेप्से, ६ अर्ब १७ करोड नाघ्याे काराेवार

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९ अंकले बढेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से आज ९.१६ अंकले बढ्दै २७ सय ७० को विन्दुमा पुगेर रोकिएको हो ।

आज कुल ३ सय २० कम्पनीका १ करोड ५२ लाख २९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँ नाघेको छ ।

कारोबारमा आएकामध्ये ७४ कम्पनीको सेयरमूल्य बढेकाे छ। यता १ सय ७५ कम्पनीको सेयरमूल्यमा भने गिरावट आएको छ ।

आज कारोबारमा आएकामध्ये म्युचुअल फण्ड र अतिरिक्तबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here