सेयर बजारका सबै सूचक बढ्दा घट्याे कारोबार

३ भदौ, काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् ।
आज नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ६.५१ अंक बढेको हाे । सो वृद्धिपछि नेप्से २७७७ अंकमा कायम भएको छ ।

आज कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब १७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६३ करोडमा खुम्चिएकाे हाे। १४२ कम्पनीको मूल्य बढ्दा १०७ को घट्यो ।

सबै समूहका सूचक बढेका छन्, बैंकिङ ०.४०, विकास बैंक ०.२०, फाइनान्स ०.०२, होटल तथा पर्यटन ०.०५, हाइड्रोपावर ०.१६, लगानी ०.२१, जीवन बीमा ०.२५, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.१२, निर्जीवन बीमा ०.११, अन्य ०.०९ तथा व्यापार समूह ०.१८ प्रतिशत बढेका छन्।

सान्भी इनर्जीको मूल्य सबैभन्दा धेरै ६.९८ प्रतिशत बढेकाे छ। त्यस्तै पियोर इनर्जीको ६.०९, इस्टर्न हाइड्रोपावरको ४.५८, सिटी होटलको ३.५८, बुटवल पावरको ३.२२ तथा उन्नति सहकार्य लघुवित्तको ३.१३ प्रतिशत मूल्य बढ्यो ।

नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ६.१४ प्रतिशत घट्यो । युनाइटेड मोदी हाइड्रोपावरको ४.१८ तथा युनियन हाइड्रोपावरको २.७२ प्रतिशत घटेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here