२७६७ अंकमा झर्‍यो नेप्से, काराेवारमा पनि कमि

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ९.७० अंक घटेको छ । नेप्से २७६७ अंकमा कायम भएको छ ।

कारोबार सुरु भएको ११ : ३९ बजे नेप्से २७८२ अंकसम्म पुगेकाे नेप्से २ बजेपछि पुनः ओरालो लागेकाे हाे। आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २० करोडमा खुम्चियो । आज ५९ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने २ को स्थिर रह्यो ।

होटल तथा पर्यटन समूह सबैभन्दा २.०३ प्रतिशत बढेकाे छ। यता व्यापार सबैभन्दा धेरै १.०६ प्रतिशत घट्यो ।

बैंकिङ ०.१९, विकास बैंक ०.७६, फाइनान्स ०.५३, हाइड्रोपावर ०.५८, लगानी ०.३९, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.६७, माइक्रोफाइनान्स ०.४०, निर्जीवन बीमा ०.५८ र अन्य ०.१० प्रतिशत घटेका छन्।

आजदेखि कारोबारमा आएको विकास हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेकाे छ। सो वृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता ३२१.३० रुपैयाँ पुगेको छ ।

त्यस्तै चन्द्रागिरि हिल्सको ७.४२, सगरमाथा जलविद्युत् कम्पनीको ३.८४, विन्ध्यबासिनी हाइड्रोपावरको ३.७४ प्रतिशत मूल्य बढ्यो ।

पन्चकन्या माइ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९ प्रतिशत घट्यो । त्यस्तै अपर स्याङ्गे हाइड्रोपावरको ४.६, अपर हेवाखोलाको ३.४, युनाइटेड इदी मर्दीको मूल्य ३.०९ प्रतिशत घट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here