काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रास्वपा सभापति रवि लामिछानेलाई भेटेर फर्किएका छन्। साे अवसरमा उनले भैरहवा कारागारमा हुँदा निकै पीडामा परेको र दुब्लाएको बताएका छन् ।
रविलाई भेटेर फर्कने क्रममा सञ्चारकर्मीसँग उनले भने, ‘भैरहवामा हुँदा निकै नाजुक हुनु भएछ यहाँ आएपछि सुधार हुँदैछ । तर, उहाँ दुब्लाउनुभएको छ ।
रविले भैरहवा कारागारको तुलनामा नख्खुमा धेरै राम्रो भएको भन्दै
नख्खु कारागार प्रशासनबारे प्रशंसा पनि गरेकाे सुनाए ।





















