बढ्याे सुनचाँदीकाे भाउ, यस्ताे छ काराेवार मूल्य

प्रतिकात्मक तस्विर

काठमाडौँ । नेपाली बजारमा बिहिवार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेकाे हाे। सुन एक लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।

बुधबार सुन तोलामा एक लाख ९३ हजार पाँच सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँले बढेर तोलामा दुई हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला दुई हजार २५५ रुपैयाँमा कायम भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here