५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन आदेश दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता विरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।
जनता समाजवादी पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिएकाे एक महिना पूरा हुँदा समेत प्रधानमन्त्री केपी शर्माले विश्वासको मत नलिएको भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको हो ।
अधिवक्ता केसीले विश्वासको मत लिने आदेश जारी हुनुपर्ने भन्दै प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख देवराज घिमिरे, संघीय संसद सचिवालय र राष्ट्रपति कार्यालय, शितल निवासलाई विपक्षी बनाएका हुन् ।

























