९.२२ अंक घट्याे नेप्से, काराेवारमा पनि गिरावट

काठमाडौं । आज बजारको परिसूचक नेप्से ९.२२ अंक घटेको छ । सो गिरावटपछि २७५७ मा कायम भएको छ । बिहीबार कारोबार रकम ५ अर्ब २ करोडमा खुम्चिएको छ । साउन ११ गते २६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज घटेकाे हाे।

आज ५३ कम्पनीको मूल्य बढ्दा १९७ कम्पनीको घटेको छ । निर्जीवन बीमाबाहेक सबै समूहका सूचक घटेका छन् । निर्जीवन बीमा ०.१४ प्रतिशत बढेकाे छ। यता बैंकिङ ०.११, विकास बैंक ०.६५, फाइनान्स ०.५५, होटल तथा पर्यटन ०.८६, हाइड्रोपावर ०.५२, लगानी ०.२६, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.१८, माइक्रोफाइनान्स ०.२१, अन्य ०.५२ तथा व्यापार ०.६४ प्रतिशत घटे ।

हालै सूचीकृत भएर कारोबारमा आएको विकास हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । कम्पनीको मूल्य प्रतिकित्ता ३५३.४० रुपैयाँ कायम भएको छ ।

त्यस्तै सामुदायिक लघुवित्तको ५.३७, रसुवागढी हाइड्रोपावरको २.८६, युनाइटेड अजोड इन्स्योरेन्सको २.६६, पियोर इनर्जीको २.६० प्रतिशत मूल्य बढ्यो ।

यता जनउत्थान सामुदायिक लघुवित्तको मूल्य सबैभन्दा धेरै ४.६५ प्रतिशत घट्यो । सयपत्री हाइड्रोपावरको ४.५३, पन्चकन्या माइ हाइड्रोपावरको ३.०८, अपर लोहोरेखोलाको ३.०४ प्रतिशत मूल्य घट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here