दक्षिण अमेरिकाको तट नजिकै ७.५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । दक्षिण अमेरिकाको तट नजिकै ७.५ म्याग्निच्युडको भूकम्प आएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (यूएसजीएस) का अनुसार यो भूकम्पको केन्द्र अर्जेन्टिनाको दक्षिणतर्फ रहेको ड्रेक पैसेज नजिकै १०.८ किलोमिटर गहिराइमा गएको थियो।

चिलीको नेभी हाइड्रोग्राफिक तथा ओसनोग्राफिक सर्विसले पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको छ। तर यसको मूल्याङ्कन भइरहेको बताइएको छ।

यसअघि पनि मे २०२५ मा यसै क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here