तोलामा २३ सय रुपैयाँ बढ्यो सुनको भाउ

काठमाडौं । आइतबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९५ हजार २ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३१० रुपैयाँ रहेको चाँदी आज २३५० रुपैयाँ पुगेको छ । चार दिनमा चाँदी ९५ रुपैयाँ बढेको छ । भदौ ४ गते २२५५ रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here