सेयर बजारमा गिरावट, काराेवार भने बढ्याे

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार १८.०२ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २७३९.९५ अंकमा कायम भएको छ ।

आज बजारको अंक घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब २ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५४ करोडको भएकाे छ। आइतबार ४१ कम्पनीको मूल्य बढ्दा २०८ को घट्यो ।

आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेका छन्। उत्पादन समूह ०.१५ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक समूह सबैभन्दा धेरै १.६९ प्रतिशत घटेकाे छ। बैंकिङ ०.८८, फाइनान्स ०.५३, होटल तथा पर्यटन ०.६८, हाइड्रोपावर १.१९, लगानी ०.७८, जीवन बीमा ०.४४, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.५०, अन्य ०.१० तथा व्यापार समूह ०.१९ प्रतिशत घटेका छन्।

विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै सीवाईसी लघुवित्तको ४.७४, हिमालयन डिस्टिलरीको ३.६०, अपर स्याङ्गे हाइड्रोपावरको २.३५ प्रतिशत मूल्य बढ्यो ।

यता नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ७.२९ प्रतिशत घट्यो । पियोर इनर्जीको ४.३५, सान्भी इनर्जीको ३.९८ तथा रावा इनर्जीको ३.८५ प्रतिशत मूल्य घट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here