काठमाडौं । अर्थ मन्त्रालयले एक साथ ९० शाखा अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले अधिकृत स्तरका कर्मचारीको काज तथा पदस्थापन सूची सार्वजनिक गरेकोमा ८३ अधिकृतको सरुवा गरिएको छ भने ७ अधिकृतको पदस्थापन गरिएको हो।
अर्थले यसअघि सहसचिव र उपसचिवहरुको समेत सरुवा तथा खटनपटन गरेको थियो।
अर्थ मन्त्रालयमा कार्यरत अधिकृतहरुलाई मातहतका विभिन्न विभागमा खटाइएको छ। त्यस्तै विभागहरुका कार्यरत कर्मचारीलाई भने मन्त्रालय तानिएको छ ।























