शोधनान्तर घाटा ४९ अर्ब ३२ करोड, ५ खर्ब १५ अर्ब रेमिट्यान्स

काठमाडौं १२, चैत । गत माघसम्म मुलुकको शोधनान्तर स्थिति ४९ अर्ब ३२ करोड रुपैयाँ घाटामा छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब २८ करोडले घाटामा थियो । पुस महिनाको तुलनामा भने शोधनान्तर घाटा कम भएको हो । ०७५ पुससम्म शोधनान्तर ६३ अर्ब ६८ करोडले घाटामा थियो ।

यो अवधिमा सरकारीले बाहिरबाट विदेशी ऋण ल्याएकाले शोधनान्तर घाटा घटेको राष्ट्र बैंकले जनाएको छ ।

आयात उच्च दरले बढेको, निर्यात वृद्धिदर न्यून रहेको, रेमिट्यान्स अपेक्षित रुपमा बढन नसकेको लगायत कारण शोधनान्तर स्थिति निरन्तर रुपमा घाटामा गएको हो । चालू आर्थिक वर्षको सबै महिना यो ऋणात्मक छ । गत मसिंरसम्म यस्ते घाटा ८५ अर्ब पुगेको थियो । त्यसपछिका दुई महिना घाटा घटने क्रममा छ ।

यस्तै, चालू आर्थिक वर्षको सात महिनामा रेमिट्यान्स आप्रवाह २८ दशमलव ५ प्रतिशतले बढेर ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर १.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here