चितवनबाट मंगलबारदेखि दिदीबहिनी बेपत्ता

११ भदौ, काठमाडौं । चितवनको भरतपुर महानरपालिका-१० नहरचोक बस्दै आएका दुई किशोरी दिदीबहिनी वेपत्ता भएका छन् । बेपत्ता हुनेमा १६ वर्षीया रिना थापा र उनकी बहिनी १३ वर्षीया रोशनी विक रहेका छन् । उनिहरु रिना र रोशनी दिदीबहिनीका छोरीहरु हुन् ।

प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरीका अनुसार उनीहरूको अन्तिम लोकेशन काठमाडौं देखिएकाले काठमाडौं प्रहरीसँग पनि समन्वय गरेर काम भइरहेको बताइएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिक-७ घर भएका उनीहरु मंगलबार बिहान सिन्धुपाल्चोक जान्छौं भनेर निस्केका उनीहरु त्यसपछि सम्पर्कमा नआएको परिवारले बताएको छ ।

उनीहरुलाई कोही कसैले कतै देखेमा नजिकको प्रहरी कार्यालयमा आफन्तको सम्पर्क नम्बर ९८१८३४५३०२ र ९८१०३२१७६७ मा खबर गर्न परिवारले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here