११ भदौ, काठमाडौं । बुधबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५३.०१ अंक बढेर नेप्से २८१९ मा पुगेको छ।
बजारसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन जम्मा ४ अर्ब १८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६८ करोडको भएकाे हाे ।
आज २३२ कम्पनीको मूल्य बढ्दा १९ को घटेका छन्। काराेबारमा आएका सबै समूहका सूचक बढेकाेमा विकास बैंक सबैभन्दा धेरे ३.४० प्रतिशत बढ्यो ।
बैंकिङ १.३८, फाइनान्स १.९८, होटल तथा पर्यटन १.६६, हाइड्रोपावर १.८५, लगानी २.१९, जीवन बीमा २.२१, उत्पादन तथा प्रशोधन २.६९, माइक्रोफाइनान्स १.०९, निर्जीवन बीमा १.६८, अन्य २.१४, व्यापार २.६८ प्रतिशत बढे ।
विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । समता घरेलु लघुवित्तको ९.३६, ग्रिन भेन्चर्सको ८.०८, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ७.६०, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ७.२८, नेपाल माइक्रो इन्स्योरेन्सको ५.५३ तथा लुम्बिनी विकास बैंकको ५.२३ प्रतिशत मूल्य बढेकाे छ।
आज नेपाल रिपब्लिक मिडियाको मूल्य सबैभन्दा धेरै ४.२९ प्रतिशत घटेकाे छ।























