ओरालो लागेर बन्द भयाे सेयर बजार, कारोबार भने बढ्याे

काठमाडौं । बिहीबार सेयर बजार घटेको छ । आज नेप्से ३८.१० अंक घटेसँगै २७८१ मा बन्द भएको छ । बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ७ अर्ब ६८ करोडको कारोबार भएकोमा ८ अर्ब ९ करोड रुपैयाँको भएकाे हाे । २४ कम्पनीकाे मूल्य बढ्दा २२७ को घट्यो । आज सबै सेक्टरका सूचक घटेका छन्।

विकास बैंक सबैभन्दा धेरै २.३८ प्रतिशत घटेकाे छ। बैंकिङ ०.८७, फाइनान्स १.९७, होटल तथा पर्यटन १.६०, हाइड्रोपावर १.४४, लगानी १.५८, जीवन बीमा १.६५, उत्पादन तथा प्रशोधन १.७०, माइक्रोफाइनान्स १.४०, अन्य १.७० र व्यापार १.२६ प्रतिशत घटेकाे छ। निर्जीवन बीमा जम्मा ०.०१ प्रतिशत बढ्यो ।

विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । मैलुङखोला जलविद्युत्को मूल्य ३.६२, थ्रीस्टार हाइड्रोपावरको ३.४१, एनएलजी इन्स्योरेन्सको ३.१९ तथा पिपुल्स पावरको मूल्य ३.१७ प्रतिशत बढ्यो ।

यता ओरियन्टल होटलको मूल्य सबैभन्दा धेरै ४.७१ प्रतिशत घटेकाे छ। । आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट तथा युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here