रोहित पौडेलको शतकमा नेपालकाे जित

काठमाडौं । कप्तान रोहित पौडेलको अविजित शतकमा नेपाली क्रिकेट टोलीले साउथ अस्ट्रेलिया (एसए)सँगको अभ्यास वान डे खेल जितेको छ ।

शनिबार भएको खेलमा साउथ अस्ट्रेलियाले २४३ रनको लक्ष्य दिएको थियाे। नेपालले ५ बल बाँकी छँदा ८ विकेटको क्षतिमा भेट्टायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले अविजित १०१ रन बनाए ।
साउथ अस्ट्रेलियाले निर्धारित ४५ ओभरमा २४२ रनमा अलआउट हुँदै नेपाललाई २४३ रनको लक्ष्य दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here