जनकपुरधाम उपमहानगरपालिका २० देवपुरारुपैठामा हिन्दु र मुस्लिमबिच झडप

१४ भदौ, काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० झण्डाचोकमा हिन्दू समुदाय र मुस्लिम समुदायबीच झडप भएको छ । गणेश पूजाको मूर्ति विसर्जनलाई लिएर झडप भएको हाे।

मुर्ती विसर्जनको लागि मुस्लिम बस्तीबाट लैजाने क्रममा दुई समुदायबीच विवाद उत्पन्न हुँदा दुवै पक्षबीच ढुङ्गा मुढासँगै झडप भएको हो ।

झडप नियन्त्रणमा नआएपछि प्रहरीले चार सेल अश्रु ग्यास प्रहार गरेको छ। अहिले त्यहाँको अवस्था तनावग्रस्त छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here