१४ भदौ, काठमाडौं । ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुँइटेलले जितेकी छिन् ।
आयोजक संस्था ‘द हिडन ट्रेजर’द्वारा शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित प्रतियोगितामा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्।
यस्तै, मिस अर्थ सोनी घले भएकी छन्। उनलाई पूर्वमिस अर्थ सुमना केसीले ताज प्रदान गरेकी थिइन् । प्रतियोगितामा मिस नेपाल इन्टरनेसनको ताज उरूषा भण्डारीलाई प्रदान गरिएको छ। उनलाई पूर्वमिस नेपाल इन्टरनेसन करूणा रावलले ताज लगाइदिएकी थिइन्।
काठमाडौंसहित मुलुकका विभिन्न सहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए ।



























